सर्वोच्चद्धारा प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
२६ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीको सपथग्रहण गराउन परमादेश तथा अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चको संवैधानिक इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको हो । रिछमाथि असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।
प्रकाशित मिति : June 9, 2021 at 3:43 pm





