कांग्रेस नेता प्रेम खत्रीले ६ वटा एम्बुलेन्स र लाखाैँको स्वास्थ्य सामग्री दिए
२६ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रेमकुमार खत्रीले ६ वटा एम्बुलेन्स र लाखाैँको स्वास्थ्य सामग्री गोरखामा दिएका छन । जिल्लाका पाँच स्थानीय तहमा ६ वटा एम्बुलेन्स खत्रीले हस्तान्तरण गर्नुभएको छ । पर्यटन व्यवसायी समेत रहनुभएका खत्रीले स्वास्थ्य सामग्री र एम्बुलेन्स कांग्रेस नेता सुरेन्द्र पाण्डेको हातबाट हस्तान्तरण गराउनुभयो ।
गोरखा स्थायी घर भएका खत्रीले गोरखा नगरपालिकाका लागि २ वटा एम्बुलेन्स, शहिद लखन गाउँपालिकाका लागि १, भीमसेन थापा गाउँपालिकालाई १, गण्डकी गाउँपालिकालाई १, धार्चे गाउँपालिकालाई १ एम्बुलेन्स र स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ । त्यस्तै खत्रीले ६ थान अक्सिजन सिलिन्डर, ६ सय थान एन्टिजेन्ट किट, एक हजार दुई सय थान भिटिएम, ८ सय लिटर सेनिटाइजर, ५६ हजार सर्जिकल मास्क, एक सय थान अक्सिमिटर, पिपिईसेटलगायत सामग्री हस्तान्तरण गर्नुभएको छ ।
प्रकाशित मिति : June 9, 2021 at 2:50 pm





