२ असार २०८१, आईतवार | Sun Jun 16 2024

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट घर फिर्ता


२६ जेठ, काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट घर फिर्ता हुनुभएको छ । मुटुमा समस्या भएपछि उहाँ शुक्रबार राति १ बजे गंगालाल अस्पताल भर्ना हुनुभएको थियो। अस्पतालमा तीन दिन उपचारपछि उहाँ बुधबार दिउँसो १ बजे घर फर्किनुभएको हो । उहाँलाइ अझै आराम गर्न सुझाव दिइएको छ । श्रेष्ठको स्वस्थ्य अवस्था समान्य रहेको छ । उहाँले कोरोना यसअघि नै जितिसक्नुभएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १४:४१