२ असार २०८१, आईतवार | Mon Jun 17 2024

वैदेशिक रोजगार विभागले सातामा एक दिन भौतिक उपस्थितिमा श्रम स्वीकृति दिने


२६ जेठ, काठमाडाैँ । वैदेशिक रोजगारमा जानको लागि आवश्यक पर्ने अन्तिम श्रम स्वीकृति आजदेखि खुला भएको छ । कोरोना संक्रमणको दर बढेसंगै गत बैशाख २४ गतेदेखि भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सेवाहरु बन्द गरेको वैदेशिक रोजगार विभागले आजबाट सातामा १ दिन भौतिक उपस्थितिमा सेवा दिने भएको हाे ।

यसअघि अनलाईन मार्फत श्रमस्वीकृतिको व्यवस्था भएपनि आजदेखि सातामा हरेक बुधबार भने भौतिक उपस्थितिमा नै श्रमस्वीकृति दिने विभागले जनाएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले अब हरेक साताको बुधबार एकदिन भौतिक रुपमै अन्तिम श्रमस्वीकृति दिने छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १३:१८