२ असार २०८१, आईतवार | Mon Jun 17 2024

संवैधानिक इजलाशमा शम्भु थापाको प्रश्नः नेपालमा संसदीय प्रजातन्त्र कहाँ छ ?


२६ जेठ, काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा बहस जारी छ । बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपालमा संसदीय प्रजातन्त्र कहाँ छ ? भन्दै प्रश्न गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘संविधानको धारा ७६(५) पालना नहुने हो भने नेपालमा संसदीय प्रजातन्त्र कहाँ छ ?’

उहाँले प्रतिनिधिसभाको विघटन संविधानको धारामा टेकेर नभइ हचुवाका आधारमा गरिएको दाबी गर्नुभयो । उहाँले राष्ट्रपतिलाई फलानोले विश्वासको मत प्राप्त गर्न सक्दैन भन्ने अधिकार संविधानले नदिएको दाबी गर्नुभयो । थापाले भन्नुयभो, ‘संविधानले गर्नुपर्ने छ भनेको इच्छा लाग्दा गर्ने भन्ने होइन । संविधानको धारा ७६(३) को प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ । राष्ट्रपतिकहाँ गयो भने पनि संसद्मा पठाउनुपर्छ । अनि विश्वासको मतको परीक्षण गर्ने जिम्मा संसद्लाई छोड्नुपर्छ ।’

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १३:२०