२ असार २०८१, आईतवार | Sun Jun 16 2024

नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयद्धारा शपथ ग्रहण


२६ जेठ, काठमाडौँ । राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा अध्यक्षसमक्ष नवनिर्वाचित सदस्यले शपथ लिनुएको हो ।

त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले उहाँलाई बधाई दिँदै राष्ट्रियसभा सदस्यको पहिचान खुल्ने प्रतीकचिह्न प्रदान गर्नुभयो । लुम्बिनी प्रदेशमा यही जेठ १७ गते सम्पन्न अन्य समूहतर्फकाे राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेससका तर्फबाट उहाँ निर्वाचित हुनुभएको थियो ।
राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी, सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलगायतले नवनिर्वाचित सदस्य पाण्डेयलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १३:०४