२ असार २०८१, आईतवार | Sun Jun 16 2024

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा बहस सुरू, आजै आदेश आउने


२६ जेठ, काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरूद्धको रिटमाथि सर्वोच्च अदालतमा बहस सुरू भएको छ । सरकारी पक्षका कानुन व्यवसायीले संवैधानिक इजलाशमा रहेका दुइ न्यायाधीश माथि प्रश्न उठाएपनि त्यसमा कुनै सुनुवाइ नगरी प्रधानन्यायाशीले बहस सुरू गराउनुभएको हो । केही कानुन व्यवसायीले फेरि प्रश्न उठाउन खोजेपछि प्रधानन्यायाधीले रूलिङ गर्दै चेतावनी दिएर इजलाश अघि बढाउनुभएको छ । बुधबार नै बहस सकेर प्रारम्भिक आदेश दिने तयारी इजलाशको छ ।

यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार र मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि संवैधानिक इजलास बस्न सकेको थिएन । सर्वोच्च अदालतले बुधबारका लागि संवैधानिक इजलास बस्ने जानकारी दिएको छ। संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन ।

प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा ३० रिट परेका छन्। तीमध्ये संसद पुनर्स्थापना गरी उपधारा ५ अनुसार ओलीलाई प्रधानमन्त्री बनाउन माग गर्दै चार रिट परेका छन् भने अरू २६ रिटमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १२:२१