२ असार २०८१, आईतवार | Sun Jun 16 2024

चिकपाले पठाएको स्वास्थ्य सामग्री एमालेले सरकारलाई हस्तान्तरण गर्यो


२५ जेठ, काठमाडाैँ । चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा)ले नेकपा (एमाले)का लागि पठाएको स्वास्थ्य सामग्री मंगलबार सरकारलाई हस्तान्तरण गरिएको छ । मंगलबार एमाले मुख्यालय माइतिघरमा महासिच ईश्वर पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङई हस्तान्तरण गर्नुभयो । समाग्री बुझ्न मन्त्रालयको टोलीसहित मन्त्री तामाङ एमाले मुख्यालय पुग्नुभएको थियो ।

सो अवसरमा एमालेका नेताहरू प्रदीप ज्ञवाली, भानु भक्त ढकाल, विष्णु रिजाल र मन्त्रालयमा डा रोशन पोखरेल लगायत उपस्थित रहनुभएको थियो । नेकपा एमाले स्वास्थ्य विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १७:१८