२ असार २०८१, आईतवार | Sun Jun 16 2024

काेराेना अपडेटः ५१५३ संक्रमित थपिए, ६५७० संक्रमणमुक्त, १०८ जनाको मृत्यु


२५ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ५१५३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ६५ जनाको पीसीआर परीक्षण गर्दा ३८७० र ५६११ एन्टिजेन परीक्षण गर्दा १२८३ जना गरी ५१५३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । यही अवधिमा ६५७० जना संक्रमणमुक्त भएका छन् । काेराेना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १०८ जनाको मृत्यु भएको छ । याेसँगै काेराेना संक्रमणका कारण हालसम्म ८०९८ जनाकाे मृत्यु भएकाे छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १६:५७