आजबाट ६० देखि ६४ बर्ष उमेर समूहका नागरिकलाई काेराेनाविरुद्धको खोप लगाइने
२५ जेठ, काठमाडाैँ । चीनले अनुदानस्वरुप दिएको भेरोसेल खोप आजदेखि लगाइने भएको छ । कोरोनाविरुद्ध खोप अभियानको नयाँ चरणमा काठमाडौँ उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइनेछ ।
खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड १९ विरुद्धको खोप समितिले तोक्ने व्यवस्था गरिएको खोप शाखाले जनाएकाे छ । शाखाले विशेष परिस्थितिमा कतिपय जिल्लामा अभियानको मिति घटबढ हुन सक्ने जनाएको छ ।
प्रकाशित मिति : June 8, 2021 at 9:04 am





