७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काेराेना नियन्त्रणमा अनेरास्ववियूले दश हजार स्वयंसेवक परिचालन गर्ने

२५ जेठ, काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)काे भ्रातृ संस्था अनेरास्ववियूले काेराेना नियन्त्रणमा दश हजार स्वयंसेवक परपचालन गर्ने जनाएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङ्गलाई ज्ञापनपत्र मार्फत अनेरास्ववियुका अध्यक्ष ऐन महर लगायकाे टाेलीले यस्ताे जानकारी गराएकाे हाे ।
काेराेना महामारीको रोकथाम र नियन्त्रण , खोपको उपलब्धता शिक्षक विद्यार्थी लाई प्राथमिकता लगायत बिषयहरु समेट्दै अनेरास्ववियूले सरकारको ध्यानाकर्षण गराइएको छ । अध्यक्ष महरले अनेरास्ववियुले खोप लगायत कोभिड नियन्त्रण जस्ता कार्यमा सरकारसंग हातेमालो गर्न दश हजार स्वयंसेवक परिचालन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरिएको जानकारी दिनुभयाे । साे अवसरमा अनरास्ववियूका उपाध्यक्ष महेश बर्ताैला, सचिवद्धय आरसी लामिछाने र समिक बडाल पनि सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : June 8, 2021 at 8:26 am