१०० वाट देखिकै रेडियोले लाेककल्याणकारी विज्ञापन पाउँछन्: मन्त्री पाण्डे
२५ जेठ, काठमाडौँ । नेकपा (एमाले)का नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला एवं कानुन मन्त्री काेशवराज पाण्डेले १०० वाट देखिकै रेडियोले लाेककल्याणकारी विज्ञापन पाउने बताउनुभएकाे छ । उहाँले यस विषयमा सञ्चार रजिस्ट्रारलाई बाेलाएर सबै रेडियाेलाई लाेककल्याणकारी विज्ञापन दिने व्यवस्था मिलाइएकाे बताउनुभयाे । सामूदायिक रेडियो प्रसारक संघकाे ज्ञापनपत्र बझ्दै उहाँले सञ्चार माध्यममाथि विभेद गर्ने कुनै नीति नरहेकाे बताउनुभयाे ।
मन्त्री पाण्डेले काेराेनाबाट पीडित बनेका पत्रकारका लागि राहत दिन फेलाेसिपकाे कार्यक्रम आफूले ल्याउन लागेकाे बताउनुभयाे । उहाँले संघलाई भवन बनाउने नाममा छुट्टै तनाव नलिन अनुराेध गर्दै प्रदेश सञ्चार ग्राम बनाएर सबै संञ्चार संस्थाका लागि सरकारले कार्यालय उपलब्ध गराउने बताउनुभयाे । उहाँले पत्रकारहरुलागि विभिन्न काेषहरु स्थापना गरेर सहयाेग गर्ने काम अघि बढाउने बताउनुभयाे । टाेलीमा संघका केन्द्रीय काेषाध्यक्ष सराेज पाैडेल र बागमती प्रदेशका अध्यक्ष बलराम श्रेष्ठ रहनुभएकाे थियाे । यसअघि माओवादीकाे काेटामा सञ्चार रजिस्ट्रार बनेका रेवती सापकाेटाले कानुन अनुसार रेडियाेले पाउने सुविधामा सूचना प्रकाशित गरेर अंकुश लगाएका थिए ।
प्रकाशित मिति : June 8, 2021 at 7:47 am





