काेराेना अपडेटः २४ घण्टामा थपिए ४४७२ संक्रमित, ६९५१ संक्रमणमुक्त, ९२ जनाकाे मृत्यु
२४ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ४४७२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो समयमा कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुने दर धेरै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार २ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३३७ र ५ हजार ९०१ एन्टिजेन परीक्षण गर्दा १ हजार १०२ जना गरी ४४७२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे। पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, काेराेना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ९२ जनाकाे मृत्यु भएकाे । याेसँगै काेराेना संक्रमणका कारण हालसम्म ७९९० जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : June 7, 2021 at 5:42 pm





