७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

बाँकेमा घट्दै कोरानो संक्रमित, अस्पतालका शय्या हुन थाले खाली

२४ जेठ, बाँके । पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो सङ्क्रमितका सङ्ख्यामा कमी आएको छ । यससँगै अस्पतालमा बिरामीका चापमा कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन् ।

भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेको जनाइएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी भएपछि सङ्क्रमितको सङ्ख्यामा कमी आएको हो ।

प्रकाशित मिति : June 7, 2021 at 5:26 pm