७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

राउटे युवतीमाथि दुर्व्यवहार प्रकरणः असुरक्षा बढेपछि बस्ती सिल

२४ जेठ, सुर्खेत । राउटे बस्तीमा असुरक्षा बढेका कारण जिल्ला प्रशासन कार्यालयल सुर्खेतले बस्तीमा बाहिरको व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले असुरक्षा बढेपछि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिने उद्देश्यले  २२ जना प्रहरी खटाइएको जानकारी दिनुभयाे।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तिमगरले कुनै पनि व्यक्तिलाई राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको जानकारी दिनुभयाे। राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन्।

राउटे समुदायका युवतीमाथि भएको अश्लिल क्रियाकलापको घटना राउटे समुदायसम्म पुग्न नदिने उद्देश्यले बस्ती सिल गरिएको प्रहरीले जनाएको छ। बस्तीमा अन्य समुदायका मानिसले घटनाबारे जानकारी पुर्याउन सक्ने सम्भावना बढेपछि बस्ती सिल गर्नु परेको प्रहरीले बताए ।

प्रकाशित मिति : June 7, 2021 at 4:51 pm