मन्त्रीको गाडी दुर्घटना प्रहरीले पनि थाहा पाएन, गाडी सिंहदरबारभित्रै वेवारिसे (फोटोफिचर)
२३ जेठ, काठमाडाैँ । एक जना मन्त्रीको गाडी दुर्घटनामा परेपछि सिंहदरबार भित्रै वेवारिसे अवस्थामा भेटिएको छ । कृषि मन्त्रालयको पछाडिपटी दुर्घटनामा परेको मन्त्रीको गाडी वेवारसे अवस्थामा भेटिएको हो ।
श्रम वा युवा तथा खेलकुद मन्त्रीको अुनमान गरिएको प्रदेश ३-०१ ००२ झ ५०६६ नम्बरको गाडी दुर्घटनापछि वेवारिसे अवस्थामा भेटिएको हो । महानगरीय प्रहरी महाशाखामा दुर्घटनामा परेको गाडीको बारेमा जानकारी माग्दा कुनै सूचना नभएको जानकारी प्रहरीले दिएको छ । दैनिकीले ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गरेर गाडीको नाम्बर दिएर विवरण माग गरेकोमा करिब तीन घण्टाको खोजीपछि त्यहाँ अघिकारीले विगत केही महिनादेखि मन्त्रीका कुनै पनि सवारीको दुर्घटनाको रेकर्ड नरहेको जानकारी दिनुभयो ।

कृषि मन्त्रालयको पछाडी मन्त्रीको गाडी पार्किङ गरिदैन । त्यहाँ कर्मचारी र सिंहदरबार भित्र प्रवेश गर्ने पाहुनाहरूको मात्र सवारी पार्किङ गर्ने गरिएको छ । त्यही पार्किङमा एउटा कुनामा मन्त्रीको झण्डावाल गाडी वेवारिसे अवस्थामा भेटिएको छ ।
यसविषयमा हामीले भोलि गृहमन्त्रालयका अधिकारीसँग कुरा गरेर गाडी कुन मन्त्रीको हो भन्ने जानकारी गराउने छौँ । गाडी वेवारिसे अवस्थामा छाडिएका कारण मन्त्री नभएको समयमा चालकको लापरवाहीले दुर्घटना परेको हुनसक्ने ट्राफिक प्रहरीको अनुमान छन । उनीहरूले मन्त्रीसहितको गाडी दुर्घटना पर्दा पिएसओहरूले जानकारी गराउने चलन रहेको बताए ।

प्रकाशित मिति : June 6, 2021 at 10:05 pm









