१ असार २०८१, शनिबार | Sun Jun 16 2024

संवैधानिक इजलास पुनर्गठन, वरिष्ठतामा रहेका दुई न्यायाधीश छाडेर इजलाश तोकियो


२३ जेठ, काठमाडौँ । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका सन्दर्भमा परेका अलग अलग रिटहरुमाथिको सनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन भएको छ । प्रधानन्यायाधीश  चोलेन्द्र शमसेर जबराको अध्यक्षताको इजलासमा अब बरिष्ठताका आधारमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहनुभएको छ ।

यसअघि गठित इजलासका दुई न्यायाधीशमाथि विपक्षी गठबन्धका वकिलले प्रश्न उठाएपछि विवाद भएको थियो । इजलासमा रहेका दुई न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलास छाडेर हिडेपछि प्रधान न्यायाधीशले इजलास पुनर्गठन गर्नुभएको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १०:३७