२ असार २०८१, आईतवार | Sun Jun 16 2024

ललिता निवास प्रकरणः ४९ विरूद्ध सूचना जारी, २१ दिनपछि सबै जग्गा सरकारको हुने


२३ जेठ, काठमाडाैँ । ललिता निवास प्रकरणमा भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ । कार्यालयले नेकपा माओवादी निकटका व्यापारी मीनबहादुर गुरूङसहित ४९ जनाको नाममा सूचना जारी गरेको हो । गोरखापत्र दैनिकमा सूचना जारी गर्दै कार्यालयले घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको जनाएको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार ०९:५३