१ असार २०८१, शनिबार | Sun Jun 16 2024

जोय फाउन्डेशनद्धारा नुवाकोटसहित विभिन्न जिल्लाका लागि १०० अक्सिजन कन्सनट्रेटर प्रदान


२३ जेठ, काठमाडाैँ । जोय फाउन्डेशन नेपालले देशका विभिन्न जिल्लाका स्वास्थ्यसंस्थामा अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ । फाउन्डेशनले मिलारेपा मेडिटेशन सेन्टर साँखु, ताइवान एल आइ एम च्यारिटेवल फाउन्डेशन र ताइवान एल आइ एम बुद्धिष्ट सोसाइटी सँगको सहकार्यमा देशका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुमा १०० वटा अक्सिजन कन्सनट्रेटर प्रदान गरेको हो ।

नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, मुस्ताङ, कास्की, काठमाडौं, बर्दिया, गण्डकी, साँखु, ललितपुर, बाग्लुङ, भक्तपुर र मकवानपुरका अक्सिजन अभाव भएका विभिन्न स्वास्थ्यसंस्थाहरुमा कन्सनट्रेटर दिइएको जोय फाउन्डेशन नेपालका अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो ।

स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य संस्थामा अक्सिजन कन्सनट्रेटर पु¥याउन लागिएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले अक्सिजन कन्सनट्रेटरले गाउँका स्वास्थ्यसंस्थामा भएको अक्सिजनको अभावलाई थोरै भएपनि परिपुर्ति गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार ०८:०२