२ असार २०८१, आईतवार | Sun Jun 16 2024

राजेन्द्र महतोको अभिव्यक्ति घोर निन्दनीय र भत्सर्नायोग्यः राष्ट्रिय युवा संघ


२२ जेठ, काठमाडाैँ । राष्ट्रिय युवा संघले राजेन्द्र महतोको अभिव्यक्ति घोर निन्दनीय र भत्सर्नायोग्य रहेको जनाएको छ । संघका अध्यक्ष किरण पाैडेलले एक विज्ञप्ति मार्फत महतोले संविधानबिरोधी अभिव्यक्ति दिएको भन्दै निन्दा गर्नुभएको छ ।

संघको विज्ञप्ति यस्तो छ

हिजो नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गरे पश्चात् आफ्नो पार्टी सरकारमा रहुन्जेल `बहुल राष्ट्रिय राज्य निर्माणका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने ´ प्रतिक्रिया दिएका छन् ।

उनको यो अभिव्यक्ति नेपालको संबिधान-२०७२ को भाग १,प्रारम्भिक,धारा ३ राष्ट्र का बारेमा गरिएको परिभाषा (बहुजातीय,बहुभाषिक,बहुधार्मिक, बहुसांस्कृतिक बिशेषतायुक्त,भौगोलिक बिबिधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता,राष्ट्रिय हित तथासमृद्धि प्रती आस्थावान रहि एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो) विपरीत छ ।

राष्ट्रका बारेमा राष्ट्रिय युवा संघ नेपालले गरेको परिभाषा नै संविधानमा उल्लेखित परिभाषा हो र उक्त विषयलाई खण्डीत हुन नदिन हाम्रो संघ सदैव क्रियाशील छ । राजेन्द्र महतोले राष्ट्र का बारेमा दिएको अभिव्यक्ति प्रति हाम्रो संघ घोर निन्दा र भत्सर्ना गर्दछ ।

 किरण पौडेल

अध्यक्ष

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार २३:१६