२ असार २०८१, आईतवार | Sun Jun 16 2024

सिरहामा गोली चल्यो, रामसागर साफीमाथि दुई गोली प्रहार


२२ जेठ, काठमाडाैँ । सिरहामा गोली चलेको छ । अज्ञात समूहको गोली लागेर रामसागर साफी घाइते भएका छन । सिराहाको मिर्चैयामा सफीमाथि गोली प्रहार भएको हो ।

मिर्चैया नगरपालिका ५ स्थित स्थानीय साफीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । शनिबार राति ८ बजेको समयमा अज्ञात समूहले साफीलाई गोली हानेको प्रहरीले जनाएको छ ।

सफीको हात र तिघ्रामा गोली लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सफीको मिर्चैयामा उपचार भइरहेको छ । गोली चलाउने समूहको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार २२:०१