१ असार २०८१, शनिबार | Sun Jun 16 2024

उपप्रधानमन्त्री महतोलाई राष्ट्रघाती अभिव्यक्ति फिर्ता लिन अनेरास्ववियूको चेतावनी


२२ जेठ, काठमाडाैँ । सत्तारूढ नेकिपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियूले उपप्रधान एवं सहरी विकास मन्त्री राजेन्द्रे महतोले दिएको राष्ट्रघाती अभिव्यक्ति फिर्ता लिन चेतावनी दिएको छ ।

अनेरास्ववियूका अध्यक्ष ऐन महरले जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको भन्दै फिर्ता लिन चेतावनी दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले “बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने” भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ । जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ । उक्त राष्ट्रघाती अभिव्यक्ति किमार्थ मान्य हुँदैन अविलम्ब फिर्ता लिन आग्रह गर्दछु।’

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार २०:२७