२ असार २०८१, आईतवार | Sun Jun 16 2024

टिकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरी रिहा हुुुने, राष्ट्रपतिबाट माफी गराउने तयारी


२२ जेठ, काठमाडाैँ । टिकापुर हत्याकाण्डमा जन्मकैद सजाय पाएका रेशम चौधरी रिहा हुने भएका छन । चाैधरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गराएर रिहा गराउने तयारी रहेको उपप्रधानमन्त्री राजेन्द्र महतोले बताएका छन ।

जसपाले नवनियुक्त मन्त्रीका लागि गरेको स्वागत तथा बधाइ कार्यक्रममा बुधबार महतोले यस्तो जानकारी दिएका हुन । चौधरीले राष्ट्रपतिबाट आममाफी पाएमा कारागार मुक्त त हुनेछन् तर उनको राजनीतिक यात्रामा पूर्णविराम लाग्नेछ।

अहिले मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले केही गर्न नमिलेको हो । मुद्दा टुङ्गिएसँगै राष्ट्रपतिबाट माफी गराएर रिहा गराउने तयारी गरिएको हालै उपप्रधानमन्त्री नियुक्त भएका राजेन्द्र महतोले खुलाएका हुन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार १८:०६