७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

उपप्रधानमन्त्री महतोले फेरि पनि दिए नेपाल टुक्राउने अभिव्यक्ति

२२ जेठ, काठमाडाैँ । नेपाल सरकारका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोले फेरि पनि नेपाल टुक्राउने अभिव्यक्ति दिनुभएको छ ।

शुक्रबार पदाबाहली लगत्तै देश टुक्राउने अभिव्यक्ति दिनुभएको महतोले शनिबार जनता समाजवादी पार्टीको कार्यालयमा भएको स्वागत कार्यक्रममा पनि नेपाल टुक्राउने अभिव्यक्ति दोहोर्याउनुभयो ।

महतोले पुनः नेपाल एकल राज्य नभई बहुल राज्य हुनुपर्ने माग गर्नुभयो । उहाँले नेपाल एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको बताउँदै बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले जसपाबाट सरकारमा सहभागी भएका नवनियुक्त मन्त्रीहरुलाई अन्यभन्दा पहिले पार्टीको नीतिलाई प्राथमिकतामा राख्न अनुरोध पनि गर्नुभएको छ ।

प्रकाशित मिति : June 5, 2021 at 4:59 pm