७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

नेपाल बिघटनको एजेण्डा बोक्ने उपप्रधानमन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्न माग

२२ जेठ, काठमाडाैँ । नयाँ पार्टीले नेपाल बिघटनको एजेण्डा बोक्ने उपप्रधानमन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्न माग गरेको छ । शनिबार एक विज्ञप्ति निकालेर नयाँ पार्टीले महतोको नागरिकता छानविन गर्न पनि माग गरेको छ ।

नयाँ पार्टीको विज्ञप्तिमा भनिएको छ, ‘महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवं सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गरि देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

प्रकाशित मिति : June 5, 2021 at 3:44 pm