काेराेना अपडेटः थप ६६५३ जनामा संक्रमण पुष्टि, ८६६३ संक्रमणमुक्त, १०१ जनाकाे मृत्यु
२१ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४६२४ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २९ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । यही अवधिमा थप ८६६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । काेराेना संक्रमणका कारण थप १०१ जनाकाे मृत्यु भएकाे छ । योसँगै नेपालमा ७ हजार ७३१ जनको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति : June 4, 2021 at 5:05 pm





