७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

संक्रमित श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै शिक्षकद्वारा कुटिए स्वास्थ्य संयोजक

२१ जेठ, सिमकोट । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमित श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै एक शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हातपात गरेका छन् । सङ्क्रमित महिला होम आइसोलेशनमा बसेकी र दैनिक बिरामी भेट्न नआएको भन्दै गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अम्रित रोकायाले हातपात गरेका हुन् । दिनहुँ उपचार गर्न किन नआएको भन्दै आफूमाथि शिक्षक रोकायाले हातपात गरेको संयोजक बुढाले बताउनुभयो ।

सम्बन्धित घटनास्थलमा प्रहरी चौकीको टोली पुगेर छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । घटनाबारे जानकारी आएको र प्रहरीले सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाइने प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : June 4, 2021 at 2:20 pm