७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

२० जेठ, काठमाडाैँ । हवाई इन्धनको मूल्य घटाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री भानु भक्त ढकालले पहलकमदी लिनुभएको छ । उहाँले बिहीबार सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्दै हवाई इन्धनको मूल्य समायोजनका लागि निर्देशन दिनुभएको छ ।

मन्त्री ढकालले पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल एयरलाइन्सका महाप्रबन्धक डिम प्रकाश पौडेल लगायतसँग छलफल गरेर हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिनुभएको हो ।

हवाई इन्धनको मूल्य महंगो भएको निश्कर्ष मन्त्री ढकालको रहेको छ । इन्धनको मूल्य घटाउँदा माग बढ्ने भएकाले निगमको स्टोरेज क्षमता बढाउन आवश्यक जग्गा व्यवस्थापनाका लागि सहयोग गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन पनि दिनुभएको छ । हवाई इन्धनको समयानुकुल समायोजन नहुँदा हवाई कम्पनीहरू मारमा परेका छन । अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग पनि गर्दै आएका थिए ।

नेपाल आयल निगमले हावाई इन्धनमा नाफा धेरै राखेर बिक्री गर्दै आएको छ । नेपालमा हवाई इन्धनको मूल्य चर्को रहेकै कारण धेरै जहाजहरुले विदेशमै इन्धन भरेर आउने गरेका छन । जसको कारण नेपालमा आउने यात्रुहरुले महंगो भाडा तिर्दै आउनु परेको छ । जहाज खाली राखेर त्यसको तौल बराबरको इन्धन लिएर आएपनि पुरा सिटको भाडा सबै यात्रुहरुबाट लिने गरेको हुन्छ । हवाई इन्धनको मूल्य घटेको खण्डमा हवाइ भाडा समेत घट्नेछ ।

प्रकाशित मिति : June 3, 2021 at 5:59 pm