७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काठमाडौँ उपत्‍यकामा थपिए २०५७ जना संक्रमित

२० जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २०५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १६३० जना, भक्तपुरमा १२९ जना र ललितपुरमा २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।  बिहीबार देशभर थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ५९०४ जना संक्रमणमुक्त भएको छन् भने २४ घण्टामा ७५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

प्रकाशित मिति : June 3, 2021 at 5:25 pm