७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

पिसिआर परिक्षणकाे दर घटेकाे छैनः प्रवक्ता पौडेल

२० जेठ, काठमाडाैँ । गत हप्तादेखि बुधवारसम्मको पीसीआर परीक्षण दर घट्न थालेपछि सबैतिर चासो हुन थालेको छ । बुधवार मात्र १६ हजार ७०० स्वाब नमूना परीक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण दर ३१.४९ प्रतिशत हो ।

मृत्युको संख्या १०० जनाभन्दा माथि छ । यसरी परीक्षण गर्ने दर घट्न थालेपछि संक्रमणको जोखिममा नै निषेधाज्ञा हटाउने रणनीति लिएको हो कि भनेर शंका गर्न थालिएको छ । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले संक्रमणका लक्षण भएका व्यक्ति परीक्षण गर्न नआएको अथवा निषेधाज्ञाको कारण परीक्षण केन्द्रसम्म जान नसकेको मुख्य कारण हुनसक्ने बताए । सरकारले पीसीआर परीक्षण घटाउने नभई बढाउने र एन्टिजेन परीक्षण पनि ७७ वटै जिल्लामा गरिरहेको बताए ।

प्रकाशित मिति : June 3, 2021 at 3:08 pm