रौतहटमा एक साता थपियाे निषेधाज्ञा
१९ जेठ, काठमाडाैँ । रौतहटमा एक साता निषेधाज्ञा थप गरि जेठ २६ गते रातिसम्म कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सूचना जारी गरी अगामी जेठ २६ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । रौतहटका सिडियो इन्द्रदेव यादवले जिल्लामा निषेधाज्ञाले कोरोना संक्रमितको दर घटेको देखिएकाले निषेधाज्ञालाई निरनतरता दिईएको जानकारी दिनुभयाे ।

प्रकाशित मिति : June 2, 2021 at 4:56 pm




