८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

काठमाडौँ उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा, किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाइने

१९ जेठ, काठमाडाैँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गरिएकाे छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले  निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट काठमाडौँ उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न पाइने छ । साथै फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खोल्न पाइने छ

यस्तै सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ। निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ। मंगलबार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको निष्कर्ष निकालेका थिए ।

प्रकाशित मिति : June 2, 2021 at 1:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/