वैकल्पिक राजनीतिका अभियन्ता थापाः जो कोरोना जितेर मत्युसँग हारे
१८ जेठ, काठमाडाैँ । वैकल्पिक राजनीतिका एक अभियन्ता उज्जवल थापाको मंगलबार निधन भएको छ । मेडिसिटी अस्पतालमा उचपारका क्रममा थापाको निधन भएको हो । कोरोना संक्रमण भएपछि उपचारका क्रममा कोरोनासँग विजयी भएपनि थापा मृत्युसँग भने हार्न पुग्नुभएको छ । वैकल्पिक राजनीतिक थापाले एउटा आशाको दियो बाल्नुभएको थियो । अझै भनाैँ उहाँहरूले नेपाल बन्दको प्रतिकार गर्ने बन्दलाइ सम्भ बनाएर टायर बाल्ने बन्दको जरो उखेल्नका निम्ति केही योगदान पुर्याउनुभएको थियो । विवेकशील साझा र उहाँको परिवारले मृत्यु संस्कारमा भीड नगरिदिन शुभेच्छुकमा अनुरोध गरेको छ ।
प्रकाशित मिति : June 1, 2021 at 5:33 pm




