८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार दिइने

१८ जेठ, काठमाडौँ । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । एशोसिएट प्रदेश समितिका अध्यक्ष वैकुण्ठ पराजुलीले एक विज्ञप्ती जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकूद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने बताउनुभएको हो ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि ज्यानको बाजी राखेर निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारलाई रु १० हजारको नगदको सक्रिय पत्रकारिता पुरस्कार प्रदान गर्न लागेको हो ।

उक्त पुरस्कारले पत्रकारलाई निरन्तर काममा लाग्न प्रोत्साहन मिल्ने समितिका अध्यक्ष पराजुलीको भनाइ छ । पुरस्कार छनोटका लागि छ वटै विधासँग सम्बन्धित संस्थाका प्रतिनिधी रहने महासङ्घ एशोसिएटले जनाएको छ ।

प्रकाशित मिति : June 1, 2021 at 5:28 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/