सरकार र थारुहट संघर्ष समितिबीच ६ बुँदे सहमति
१८ जेठ, काठमाडाैँ । सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । मंगलवार भएकाे सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ भने कानुनसम्मत रुपमा रिहाइको लागि पहल गर्ने सहमति समेत भएको छ।
सहमतिमा टिकापुर घटनाका आरोपित रेशम चौधरी, धनीराम चौधरी र लक्ष्मण चौधरीमाथि लगाइएको मुद्धा फिर्ता र रिहाइका लागि संविधान र कानून सम्मत तरिकाले अगाडि बढ्ने उल्लेख छ । सरकारले पूर्व गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । थापाको मन्त्री पद गुमेपछि कानूनमन्त्री लीलानाथ श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिमा संघर्ष समितिका तर्फबाट रूकमणी चौधरी लगायतले हस्ताक्षर गरेका छन् ।
यस्तो छ सहमति पत्रः


प्रकाशित मिति : June 1, 2021 at 3:37 pm





