७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

आठ लाख भेरोसेल खोप आज नेपाल आउँदै

१८ जेठ, काठमाडौँ । चीन सरकारले अनुदानमा दिएको १० लाखमध्ये ८ लाख डोज खोप आज नेपाल आईपुग्दैछ । चीन सरकारले अनुदानमा दिएकाे भेरोसेल खोप लिन गएराति ११ बजेर ३० मिनेटमा नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज चीनको बेइजिङ उडेको थियो । उक्त आठ लाख भेरोसेल खोप लिएर वाइडबडी जहाज आज दिउँसो २ बजे काठमाडौँ अवतरण गर्देछ । जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिङपिङले उक्त खोप नेपाललाई अनुदानमा दिने घोषणा गर्नुभएको थियो । चीन सरकारले घोषणा गरेको उक्त खोप नेपाल वायुसेवा निगमको विमानले ८ लाख र तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानमार्फत आजै ल्याइने कार्यतालिका रहेकाे छ ।

प्रकाशित मिति : June 1, 2021 at 10:26 am