लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनमा २९७ मत खस्याे
१७ जेठ, दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भइरहेकाे उपचुनावमा २९७ मत खसेको छ । बिहान ९ बजेदेखि सुरु भएकाे मतदानमा २९७ मत खसेको हाे । सोमबार भएको मतदानमा ३०० मतदातामध्ये ३ जना अनुपस्थित भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी हुनुभएन ।
साथै अन्य दुई जना मतदाता बिरामी भएर उपचारका लागि काठमाडौँमा रहेकाले मतदान गर्न नआएका हुन । ३ बजेसम्म मतदानको समय राखिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
प्रकाशित मिति : May 31, 2021 at 3:08 pm





