७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

मन्त्री फूयाँललाई मातृ शोक

१६ जेठ, काठमाडौँ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयाँललाई मातृ शोक परेको छ । फूयाँलकी आमा नन्दकुमारी फूँयालको ९० वर्षको उमेरमा आइतबार बिहान आफ्नै निवासमा निधन भएको हो । उहाँको आइतबारनै अन्त्यष्टि गरिएको छ । फूयाँलको तीन छोरी र दुइ छोरा हुनुहुन्छ । स्वर्गीय फूयाँलको ज्वाइँ भानु भक्त ढकाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्छ भने छोरी इन्दिरा फूयाँल अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : May 30, 2021 at 7:41 pm