काेराेना अपडेटः २४ घण्टामा थपिए ४३६९संक्रमित, ६२०५ संक्रमणमुक्त, १०९ जनाकाे मृत्यु
१६ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९८६ पीसीआर विधिबाट परिक्षण गर्दा ३७०२ जना र १७८४ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ६६७ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै, २४ घण्टामा ६२०५ जना संक्रमणमुक्त भएका छन् । कोराेना संक्रमणबाट २४ घण्टामा थप १०९ जनाले मृत्यु भएकाे छ ।
प्रकाशित मिति : May 30, 2021 at 4:34 pm





