वादी अनुकुलको न्यायाधीश इजलाशमा राखिदिन कांग्रेस र माओवादीका वकिलको माग
१६ जेठ, काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि संवैधानिक इजलाशमा सुनुवाइ भैरहेको छ । अहिले वकिलहरूले बहस गरिरहेका छन । बहस गर्ने विकलहरूले आफू अनुकुलको न्यायाधीश इजलाशमा राखिदिनुपर्ने माग गरेका छन । शेरबहादु देउवालाइ सर्वोच्चबाटै प्रधानमन्त्री बनाइदिनुिपर्यो भन्दै परेको रिटमा पक्षमा बहस गर्ने वकिलहरूले न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाइ इजलाशबाट निकालेर आफू अनुकुलको नयायाधीश दिन माग गरेका छन । वकिलहरू शम्भु थापा, गोविन्द बन्दी, बद्रिबहादुर कार्की लगायतले वादीको अनुकुलका न्यायाधीश इजलाशमा राखिदिन अनुरोध गरेका हुन ।
प्रकाशित मिति : May 30, 2021 at 1:31 pm





