७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

अमेरिकी समकक्षीलाई कोरोनको खोप उपलब्ध गराइदिन राष्ट्रपति भण्डारीद्धारा पत्राचार

१६ जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षीलाई कोरोनको खोप उपलब्ध गराइदिन पत्राचार गर्नुभएको छ । राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण गर्नुभएको छ । पत्र हस्तान्तरण गर्दै राजदूत खतिवडाले नेपालको पछिल्लो अवस्था र खोप योजनाका बारेमा विस्तृतमा जानकारी गराउनुभएको छ । राजदूत खतिवडाले अमेरिकी सरकारसँग नेपालले अष्ट्राजेनिका खोप अधिकतम प्राप्त गर्ने अपेक्षा राखेको समेत मासिंगालाई बताउनुभएको थियो । अमेरिका र नेपालबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको स्मरण गर्दै उहाँले कोरोना भाइरस विरुद्धको लडाइँमा पनि अमेरिकाको महत्वपूर्ण सहयोगको अपेक्षा नेपालले गरेको बताउनुभयो ।

प्रकाशित मिति : May 30, 2021 at 10:14 am