७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

सिंहदरबारभित्र आज कोरोनाविरूद्धको खोप लगाइदै

१६ जेठ, काठमाडाैँ । सिंहदरबारभित्र आज कोरोनाविरूद्धको खोप लगाइदै छ । यसअघि  खोप लगाएका कर्मचारी र पदाधिकारीका लागि दोस्रो डोज खोप लगाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडाैँले जनाएको छ। स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले कोरोना विरुद्धको खाेप कोभिशिल्ड र भेरोसेलको पहिलो डोज लिएका सबै कर्मचारीलाई आज दोस्रो डोज दिइने जानकारी दिनुभयो । कोभिड-१९ खोप माघ १४ देखि फागुन २२ गतेसम्म ‘कोभिशिल्ड’ को पहिलो डोज लिएका र चैत २५ गतेदेखि वैशाख १५ सम्म ‘भेरोसेल’ खोप लिएका कर्मचारीलाई दोस्रो मात्र आज र भोलि पाउनेछन ।

प्रकाशित मिति : May 30, 2021 at 9:55 am