७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज पनि बहस

१६ जेठ, काठमाडाैँ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रवार पहिलो सुनुवाइ भएका मुद्दाहरुमा बहस नसकिएकाले आज फेरि बहस हुनेछ । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन् ।

शुक्रबारको बहसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गठन गरेको संवैधानिक​ इजलासबारे अधिवक्ताले प्रश्न उठाएका थिए ।  भने महान्यायाधीवक्ताले झगडियाको पक्ष र विपक्षमा एकै वकिलले बहस गर्न नपाउने भन्दै खबरदारी गर्नुभएको थियो ।

प्रकाशित मिति : May 30, 2021 at 10:41 am