१ लाख ६८ हजार घरका खरका छाना जस्तापाताले विस्थापित गरिने, ७५ हजार अनुदान दिइने
१५ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छना विस्थापित गर्ने लक्ष्य घोषणा गरेको छ । यसका लागि प्रतिपरिवार ७५ हजार रुपैयाँ अनुदान दिइने छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभएकाे छ ।
प्रकाशित मिति : May 29, 2021 at 6:46 pm




