७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

अब कोही पनि भूमिहीन नहुने, आगामी आर्थिक वर्षभित्र सबैले लालपूर्जा पाउने

१५ जेठ, काठमाडाैँ । सरकारले अब कसैलाइ पनि भूमिहिन हुन नदिने जनाएको छ । सरकारले आगामी आर्थिक वर्षभित्र भूमिहीनहरूलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पौडेलले सबै किसिमका भूमिहीनहरूकाे लगत सङ्कलन गरी आगामी आर्थिक वर्षभित्र जग्गाधनी पूर्जा वितरण गरिसक्ने बताउनुभयो । उहाँले यसका लागि ६८ करोड रुपैयाँ विनियोजन भएको जानकारी दिनुभयो ।

यस्तै उहाँले अतिक्रमणमा परेका सरकारी, सामुदायिक तथा गुठीका सबै जग्गा फिर्ता गरिसक्ने घोषणा गर्नुभएको छ । गैरकानुनी कब्जा गरिएका तथा सरकारले मुआब्जा दिएर अधिग्रहण गरेका सबै जग्गाको लगत सङ्कलन गरी फिर्ता लिइ सक्ने बताउनुभयो । उहाँले भूमि बैंकको स्थापना गरेर प्रयोग नभएका सरकारी तथा निजी जग्गालाई व्यावसायिक खेतीका लागि उपलब्ध गराउने बताउनुभयो ।

प्रकाशित मिति : May 29, 2021 at 5:34 pm