७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

राष्ट्रपति भण्डारीद्धारा बजेटसम्बन्धी अध्यादेश जारी

१४ जेठ, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी ३ अध्यादेश जारी गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गर्नुभएकाे हाे । यी अध्यादेश जारी भएसँगै नयाँ बजेटका लागि बाटो खुलेको छ । प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदैछ ।

प्रकाशित मिति : May 29, 2021 at 3:48 pm