कोभिड १९ अस्पतालहरुमा राउण्ड टेबल नेपालद्धारा २५ लाख बराबरको उपकरण सहयोग
१५ जेठ, काठमाडाैँ । कोभिड १९ ले सिर्जना गरेको यस विषम परिस्थितिमा समाजमा निस्वार्थ सहयोग गर्ने उद्येश्यका साथ राउण्ड टेबल नेपालले ‘प्रोजेक्ट लाइफ लाइन’ सुरु गरेको छ जसअन्तर्गत विभिन्न अस्पतालहरुमा कोभिड १९ बाट संक्रमित गम्भीर बिरामीहरुको उपचारका निम्ति अपरिहार्य रुपमा चाहिने BiPaP र HFNC जस्ता जीवन उपयोगी उपकरणहरु निशुल्क वितरण गरेको छ । यसले आर्थिक अवस्था कम्जोर भएका कोभिड १९ का बिरामीहरुलाई धेरै सहयोग पुग्ने विश्वाश राउण्ड टेबल नेपालले लिएको छ। BiPaP भेण्टिलेशन, थेरापीको एउटा प्रकार हो जसले कोभिड १९ बाट संक्रमित गम्भीर बिरामीहरुलाई सास फेर्न सहज बनाउछ। वर्तमान अवस्थामा यस उपकरणको चरम अभावले दैनिक दर्जनौँ मानिस हरु मृत्युसंग लडी रहेका छन।
यी उपकरणहरुलाई देशका सबै जसो अस्पतालको अवस्था बुझी चरम अभाव र आवस्यकता भएका ठाउँहरुमा वितरण गरिएको हो। साथै राउण्ड टेबल नेपालले यसै प्रोजेक्ट अन्तर्गत राउण्ड टेबल नेपाल बैंकको पनि सुरुवात गरेको छ जस अनुसार BiPaP उपकरणहरु आवस्यकता परेका अस्पतालमा निश्चित अवधिका लागि निशुल्क उपलब्ध गराइने छ र महामारी को अन्त्य पश्चात ति उपकरणहरु फिर्ता लिएर दुर्गम छेत्र का अस्पतालहरुमा वितरण गरिने छ। यो प्रोजेक्ट केवल एक हप्ता अगाडी सुरुवात गरिएको हो र यस अन्तर्गत राउण्ड टेबल नेपालले २५ वटा उपकरण वितरण गरिसकेको छ जसको सरदर मूल्य ने रु २५ लाख रहेको छ।
सो उपकरणहरु खरिद र वितरणका लागि लागेको सबै रकम राउण्ड टेबल नेपालकै सदस्यहरुबाट उठाइएको हो र “प्रोजेक्ट लाइफ लाइन” अन्तर्गत कम्ति मा पनि ५० उपकरण देश भर का अस्पताल मा वितरण गर्ने लक्ष्य राउण्ड टेबल नेपालले लिएको छ।
राउण्ड टेबल नेपाल एउटा गैर राजनीतिक संस्था हो जो आपसी सहकार्य को मध्यम बाट समाज रुपान्तरण गर्न तत्पर रहदै आएको छ। राउण्ड टेबल नेपाल एउटा अन्तरष्ट्रिय गैर नाफामुलक मंच हो जहाँ सफल युवा पेसाकर्मी र ब्यबसायीहरु आपसी सहकार्य र अन्तरक्रिया मार्फत व्यक्तिगत र ब्यबसायिक उत्थानका निम्ति अवसर प्राप्त गर्छन। सफल युवाहरुको सहकार्यबाट नै यो संस्था ले समाज रुपान्तरण र सेवा मा दशकौ देखि काम पनि गर्दै आएको छ। सन् १९८९ मा स्थापना भएको यस संस्थाले परिस्थिति र आवश्यकतालाई मध्यनजर गर्दै बुनेका कयौ समाज सेवा का योजनाहरुलाइ सफलताका साथ सम्पन्न गरेको छ।
प्रकाशित मिति : May 29, 2021 at 2:17 pm





