७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

पिलुवा खोलाले बगाउँदा अरुण भ्याली हाइड्रोपावरका कर्मचारीको मृत्यु

१५ जेठ, सङ्खुवासभा । सङ्खुवासभामा पिलुवा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । पिलुवा खोलाले बगाउँदा अरुण भ्याली हाइड्रोपावरका कर्मचारीको मृत्यु भएको छ । मादी नगरपालिका–५ मूलपानीका ३० वर्षीय महेश दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।

हाइड्रोपावरका कर्मचारी दाहाललाई शुक्रबार अपराह्न ३ः०० बजे खोला तर्ने क्रममा पिलुवा खोलाले बगाएर बेपत्ता बनाएको प्रहरी निरीक्षक खतिवडाले बताउनुभयो । दाहालको शव आज बिहान ७ः०० बजे घटनास्थलभन्दा एक किलोमिटर तल चैनपुर–७ मा फेला परको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 29, 2021 at 1:54 pm