७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

मातातिर्थ सामुदायिक अस्पतालमा २० दिनमा अक्सिजन प्लान्ट सञ्चालनमा आउने

१५ जेठ, काठमाडाैँ । नगरस्तरीय आइसोलेशन संचालन गर्दै आइरहेको मातातिर्थ सामुदायिक अस्पतालको अक्सिजन प्लान्ट जडानले तिब्रता पाएको छ । झण्डै ७४ लाखको लागतमा जडान गर्न लागिएका प्लान मुलुककै सामुदायिक अस्पतालमा पहिलो हो । जडान गर्न कम्पनीसँग सम्झौता भइसकेको र अबको एक महिना भित्रमा नै अस्पतालले उत्पादन सुरु गर्ने चन्द्रागिरि नगरपालिका वडा नं ८ का अध्यक्ष तथा नगर स्वास्थ्य संयोजक सन्तोस खड्काले बताएका छन्।

यो अक्सिजन प्लान्टबाट दैनिक ४० भन्दा बढि ठूलो सिलिन्डर भर्न सकिने छ यतिबेला प्लानको फाउन्डेसनको काम भटाभट भइरहेको नगर भैतिकपुर्बधार समिति संयोजक तथा वडा नं १५ का अध्यक्ष उत्तम राउतले जानकारि दिए । वडाको आन्तरिक स्रोत र दाताहरुको आर्थिक सहयोगमा यो अक्सिजन प्लान्ट जडान गर्न लागिएको हो।हालसम्म दाताहरुबाट नगद रु १५७७४४३ संकलन भइसकेको छ भने सहयोग आउने क्रम अझै जारि रहेको र नगरबाट पनि सहयोग प्राप्त हुने संयोजक खड्काले बताए।

हाल नगर भित्र दैनिक ४० देखि ५० सिलिन्डर अक्सिजनको माग रहेको र प्लान्ट स्थापना सगै नगरपालिका अक्सिजनमा आत्मनिर्भर हुने अध्यक्ष खड्काको दाबि रहेको छ। जेष्ठ एक गते बाट संचालित यस आइशोलेसन केन्द्रमा तिस शैयाबाट सेवा सुरु गरिएको थियो। आवश्यकता अनुसार बढाउन सकिने छ । प्रदेश र स्थानिय सरकारको सहयोगमा अन्य पुर्बधार निर्माण भएतापनि अस्पताल संचालनमा थिएन।

दोश्रो भेरियन्ट सुरु भए सगै चन्द्रागिरि नगरपालिमा संक्रमितको संख्या ह्वात्तै बढ्न पुगेको थियो । र नगरको बैठकले यो अस्पताललाइ आइशोलेशन बनाउने निर्णय गरेको थियो । हालसम्म नगरमा ४१८६ संक्रमित भएका मध्य ३४८७ जनाले कोरोनालाइ परास्त गरिसकेका छन्। २५ जना आइसोलेशन र अस्पतालमा उपचारत छन् भने ६२९ जना होम आइसोलेशनमा बसेका छन्। कोरोना सक्रमणकै कारण चन्द्रागिरि नगरपालिमा ५४ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : May 29, 2021 at 1:51 pm