५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रेडियोकर्मी न्यौपानेको निधनमा प्रेस चौतारी स्तब्ध


१५ जेठ, काठमाडौँ । प्रेस चौतारी नेपालले आफ्ना सल्लाहकार तथा व्यवसायिक रेडियोहरूको छाता सङ्गठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएकामा स्तब्ध भएको जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण गत वैशाख २८ गते अस्पताल भर्ना हुनुभएका ५० वर्षीय न्यौपानेको मोरङको विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज निधन भएको थियो । न्यौपाने इटहरीको पुरानो व्यावसायिक रेडियोे सप्तकोशी एफएमका स्टेशन म्यानेजर हुनुहुन्थ्यो ।

न्यौपानेको परिवारमा जीवन संगीनीसहित छोरा र छोरी हुनुहुन्छ । उहाँको निधनबाट प्रेस चौतारी नेपालले एक जुझारू, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तित्व गुमाएको सो सङ्गठनका कार्यबाहक महासचिव हीरामान लामाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

विसं. २०२७ फागुन १२ गते सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–४ मा जन्मनुभएका न्यौपानेले नेपाली पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानप्रति चौतारीले उच्च कदर सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार ०७:४१